एमाले दार्चुलाको बैठक स्थगित
नेकपा एमाले दार्चुलाको आठौ जिल्ला अधिबेशन आयोजक कमिटिको बैठक स्थगित भएको छ । कार्तिक २२ गते सोमबार बस्ने भनिएको आठौ जिल्ला अधिबेशन आयोजक कमिटिको बैठक विशेष कारणबस स्थगित भएको नेकपा एमाले दार्चुलाका सचिव नारायण दत्त भट्टले बताए ।
सोमबार बस्ने भनिएको बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्ना,प्रदेश कमिटि सदस्यहरु मंगलबार सुदुरपश्चिम प्रदेश कमिटिको बैठकमा जाने भएकाले बैठक स्थगित गरिएको उनले बताए ।
नेकपा एमाले दार्चुलाको आर्को बैठक अगामी कार्तिक २५ गते विहिबार दार्चुला विकास संगठनको सभाहलमा विहान ११ बजे हुने नेकपा एमाले दार्चुलाले जनाएको छ ।
.jpg)
२२ कात्तिक २०७८, सोमवार १८:२९ बजे प्रकाशित































