punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टी काममा फर्किए झलनाथ खनाल

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी काममा फर्किएका छन् । नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपणपछि नेपाल आएर घरमै आराम गरिरहेका नेता खनाल लामो समयपछि आजबाट काममा फर्किएका हुन् ।

मीनभवन, आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा खनाल प्रमुख रहेको विदेश विभागको पहिलो बैठक बसेको छ । तीन घण्टासम्म चलेको बैठकमा उनी पूरा समय सहभागी भएको नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकले डा. शंकर खतिवडालाई विदेश विभाग सचिवमा चयन गरेको छ ।

नेता खनालले विभागका सदस्यहरुसँग आगामी कार्ययोजनाबारे छलफल गरेका छन् । तीन महिना पूर्णआराम गर्न चिकित्सकले दिएको सल्लाहका कारण केही समय भेला, बैठक, सभालगायतका सार्वजनिक कार्यक्रममा भने खनाल सहभागी नहुने खतिवडाले बताए ।पार्टी दर्ता भएपछि खनाल एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए । तर, पार्टी कार्यालय स्थापना भएपछि भने उनी पहिलोपटक बैठकमा सहभागी भएका हुन् ।

 


२२ कात्तिक २०७८, सोमवार १८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु