punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कट्रिना र विक्कीले गरे गाेप्य इंगेजमेन्ट

Chaupati
safha napa

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना केफले इंगेजमेन्ट गरेका छन्। लामो समयदेखि अफेअरमा रहेको चर्चा हुँदै आएका कलाकारको यतिबेला इंगेजमेन्ट भएको चर्चा भइरहेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक कबीर सिंहको घरमा विक्की र कट्रिनाको इंगेजमेन्ट भएको हो। गोप्य रुपमा गरिएको इंगेजमेन्टमा विक्की र कट्रिनाका परिवार तथा नजिकका साथीको मात्र उपस्थिती थियो। डिसेम्बरमा उनीहरूको विवाह हुने बताइएको छ।

इंगेजमेन्ट र विवाहका बारेमा विक्की र कट्रिनाले भने केही बोलेका छैनन्। न त समाचारको खण्डन नै गरेका छन्। यतिबेला कट्रिना अभिनित सूर्यवंशी प्रदर्शनमा छ भने विक्कीको सरदार उधाम सिंह भर्खरै अमेजन प्राइम भिडियोजमा प्रसारण भएको छ। एजेन्सी


२२ कात्तिक २०७८, सोमवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु