punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रड प्रहार गरि पसल सञ्चालकको हत्या, एक युवक पक्राउ

Chaupati
safha napa

कैलालीको मोहन्यालमा रड प्रहार गरि एक पसल सञ्चालकको हत्या भएको खुलेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ४ सिम्लीका पसल सञ्चालक ५५ वर्षीय पदम आचार्यको शनिबार राती हत्या गरिएको अवस्थामा पसल पछाडि शव भेटिएको थियो ।

विगत एक वर्षदेखि पसल सञ्चालन गर्दै आएका घोडाघोडी नगरपालिका – ४ जनकपुर घर भएका आचार्यको हत्याको आरोपमा उनकै पसलमा खाना खाने टिपरका खलासी काम गर्ने दैलेखको गुराँस गाँउपालिका – ३ खिमडी का १८ वर्षीय जीवन शाही ठकुरीलाई पक्राउ गरेको छ ।

घटना पश्चात खटिएको प्रहरी टोलीले उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

तत्काल घटनास्थल तथा लाशको प्रकृतिबाट घटना शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोली परिचालन गरिनुका साथै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी समेत घटनास्थलमा पुगेका थिए ।

उनका अनुसार हत्या आरोपी ठकुरी तिहार बिदाको बेला एक्लै निर्माण सेवाको रेखदेखमा खटिएको र बिदाको बेलामा उनले मृतककै पसलमा खाना खाने गरेका थिए ।उनी र मृतक शनिबार साँझ संगै रहेकोमा भोलिपल्ट सो ठाउँबाट बेपत्ता भएका थिए ।

अनुसन्धानकै क्रममा ठकुरी नेपालगञ्जमा रहेको पत्ता लागेपछि उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई अनुरोध गर्नुको साथै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुखडबाट विशेष टोली परिचालन गरिएको थियो ।

अनुसन्धानकै क्रममा मृतकले ठकुरीलाई हेपेर होच्य्याएर बोल्ने गरेको, शनिबार राति उनले मासु आफै पकाई मृतकको पसलमा लगि खाना खान गएको समयमा मृतकसंग एक क्वाटर रहर नामक रक्सी मागि खाएको खुलेको छ । सोही क्रममा पनि मृतकले पुनः हेपेर होच्याएर बोल्न शुरु गरेको, सामान्य विवाद कै क्रममा मृतकले ठकुरीलाई एक्कासी दुई लठ्ठी हिर्काएपछि दुबैबीच हात हालाहाल भएको खुलेको प्रहरी नायव उपरीक्षक ९डीएसपी० बिष्टले बताए ।

उनका अनुसार तछाँड मछाँड गर्दै मृतकको लाश रहेको स्थानमा पुगेपछि राति करिब १० बजेको बीचमा ठकुरीले रडले मृतकलाई प्रहार गर्ने बित्तिकै मृतक भुईँमा ढलेको खुलेको छ ।मृतक ढलेपछि ठकुरीले फेरि रक्सी खाएर सुतेको र बिहानै उठी सो ठाउँबाट भागेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेपछि आरोपी ठकुरीले आवेश थाम्न नसक्दा रडले प्रहार गरेपछि पसल सञ्चालकको मृत्यु हुन गएको स्विकार गरेका छन् । ठकुरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको डीएसपी बिष्टले जानकारी दिए ।


२२ कात्तिक २०७८, सोमवार १७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु