punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको छु: प्रधानमन्त्री

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताएका छन्।बेलायतमा भएको भेटमा मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको उनले बताए।मोदीले पनि प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्ता दिएका थिए।

‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ। तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ। तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनुस् भनेँ,’ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नुहुन्छ।’

उनले आफूलाई पनि मोदीले भारत भ्रमणमा आउन भनेको बताए। ‘उहाँ नेपाल भ्रमणमा आउने मितिको कुरा भएको छैन,’ उनले भने।नेपालप्रति भारतको सद्भाव देखिएको पनि उनले बताए।


१८ कात्तिक २०७८, बिहीवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु