punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजेश हमालको पहिलाे गीत ‘मन बूढाे भएन’ सार्वजनिक

Chaupati
safha napa

अभिनेता राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। काठमाडौंमा अभिनेता हमाल आफैंले स्वर दिएको र आफ्नै अभिनय रहेको ‘मन बूढो भएन’ नामको पहिलो म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो।

दीपक शर्माको गीत तथा संगीत र देवेन्द्र पाण्डेको निर्देशनमा तयार म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ।अभिनेता हमालले आफैंले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए।

उनले आफू ५ कक्षा पढ्दा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गर्नु भएको भन्दै गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गरे।

यता, उनीसँग अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिइन्।भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडी देख्न सकिन्छ।


१७ कात्तिक २०७८, बुधवार १९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु