पिसाब फेर्ने क्रममा लडेर घाइते भएका बोहराको मृत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका –६ ग्वानीको बग्जेबलामा बस रोकेर पिसाब फेर्ने क्रममा लडेर घाइते भएका नन्दा बोहराको उपचारको क्रममा मृत्यु भएको छ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ३८३३ नम्बरको बसमा यात्रा गर्नेक्रममा मंगलबार बेलुकी बोहरा लडेका थिए ।

उनलाई थप उपचारको लागि धनगढी लगिएको थियो । बोहराको धनगढीस्थित निर्सग हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकरी माधव विश्वकर्माले जानकारी दिए ।


१७ कात्तिक २०७८, बुधवार १९:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु