punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्छ : मन्त्री आले

Chaupati
safha napa

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को  महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा मन्त्री मगरले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराई पुनः स्थापना गरिनुपर्ने बताए।

उनले मुआब्जा दिनका लागि विगतमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः स्थापना गर्न सुझाव दिएको बताए।

समितिको प्रतिवेदनअनुसार विस्थापित एक हजार ४८० परिवारलाई १० कठ्ठा जग्गा र रु ६० लाख दरले मुआब्जा दिनुपर्ने उनले बताए।

वन मन्त्री हुँदा मैले १५ दिनभित्रै निकुञ्ज विस्थापित परिवारको समस्या समाधानका लागि समिति गठन गर्ने बचन दिएको उनले बताए।


१२ कात्तिक २०७८, शुक्रवार ०८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु