punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा प्रहरी हत्या प्रकरण : नौ जनालाई जन्मकैदको फैसला

Chaupati
safha napa

धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। मंगलवार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले नौ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायधिवत्ता सुर बहादुर परियारले जानकरी दिए।

उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए।यस्तै पक्राउ परेकामध्ये राजिव गुप्ताले भने सफाई पाएका छन्।

नौ जना प्रतिवादीहरुले गुप्ताको बारेमा नबोलेपछि सफाई दिएको जिल्ला अदालत कैलालीले जनाएको छ। २०७७ कार्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो।

धनगढी उपमहानगरपालिका १० स्थित मोहना नदीबाट अन्दाजी चार मिटर उत्तरमा सीमामा अबैध समानहरुको तस्करी गरिरहेका तस्करहरुको समुहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा उक्त तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारीलो हतियार प्रहार गरी दुबै जनाको हत्या गरिएको थियो।शव सीमा नाका मोहना नदीमा फेला परको थियो।


१० कात्तिक २०७८, बुधवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु