punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हात्तीको अतिक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका दम्पतीका आश्रितलाई मंगलबार ५० हजार रुपैयाँ किरिया खर्चबापतको रकम हस्तान्तरण गरेको छ।

नगरपालिकाको वडा नं १२ का हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगरप्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका हुन्।

गत बुधबार कार्की दम्पतीलाई हात्तीले घरआँगनमै आक्रमण गरी ज्यान लिएको थियो। किरिया खर्चबापतको रकम हस्तान्तरण गर्दै नगर प्रमुख ऐरले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको सुखदुःखमा सधैँ साथमा रहने बताए।

शुक्रबार नगर विपद् समितिको बैठकले हात्तीबाट आक्रमणमा परी मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार किरिया खर्चबापतको रकम उपलब्ध गराइएको हो।यसैगरी नगरपालिकाले वडा नं १ का स्याली नदीमा बगेर मृत्यु भएका कृष्णदत्त भट्टका परिवारलाई २५ हजार रुपैयाँ किरिया खर्चबापतको रकम समेत उपलब्ध गराएको छ।

अविरल वर्षाका कारण रूख ढलेर घर क्षतिग्रस्त भएका नगरपालिकाको वडा नं १ वन्साहाका रामी लुहारका परिवारलाई १५ हजार र आगलागी भई घर जलेर क्षति भएका नगरपालिकाको वडा नं १२ कालागौंडीका रामप्रसाद रानाको परिवारलाई १० हजार रुपैयाँ विपद् समितिको निर्णयअनुसार रकम उपलब्ध गराइने बताइएको छ।


९ कात्तिक २०७८, मंगलवार २०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु