दुई लाख बढी मूल्य बराबरको अवैध सामान बरामद
सशस्त्र प्रहरी बल कञ्चनपुरले दुई लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोडर आउट पोष्ट थापाचोक, बेलौरी, गड्डाचौकी र सुन्दरनगरबाट खटिएका सीमा गस्ती टोलीले गस्ती ती सामान बरामद गरेको हो।
बिडी, सुर्ती, मल, तयारी कपडा, थान कपडा, प्लाष्टिक, स्विट सुपारी, चिनी लगायत खाद्य तथा हार्डबेयर गरी २ लाख २८ हजार ९ सय ५० मूल्य बराबरको समान बरामद गरेको हेडक्वाटरले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको बताइएको छ।
८ कात्तिक २०७८, सोमवार १९:०२ बजे प्रकाशित






























