मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ
कञ्चनपुरको एक शोरुमबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका बेलौरी बजारमा रहेको डिडी अटो मोबाइल शोरुममा तोडफोड गरी मोटरसाइल चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका ११ का २० वर्षीय विवेक बम र शुक्लाफाँटा १ का २१ वर्षीय पारस विष्ट पक्राउ परेका हुन्।
पक्राउ परेका उनीहरूबाट चोरी भएका मोटरसाइकल परालको थुप्रोमा लुकाइराखेको अवस्थामा बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीमा पाँच जना संलग्न रहेको बताएको छ। चोरीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
८ कात्तिक २०७८, सोमवार १८:३८ बजे प्रकाशित






























