punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लेबननको राजधानी बेइरुतमा भएको गोली हानाहानमा कम्तीमा ६ जनाको ज्यान गयो

Chaupati
safha napa

लेबननको राजधानी बेइरुतमा प्रदर्शनका क्रममा भएको गोली हानाहानमा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३२ जना घाइते भएका छन् ।

शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीश तारेक बितारविरुद्ध गरेको प्रदर्शनका क्रममा एक्कासी गोली हानाहान भएको बीबीसीले जनाएको छ । न्यायाधीश बितारले गएको वर्ष तटीय सहरमा दुई सय १९ जनाको ज्यान जाने गरी भएको ठूलो विस्फोटन हेजबोल्लाह र आमलले गराएको बताएपछि हिंसा चर्किएको हो ।

हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश पूर्वाग्रही भएको दाबी गरेका छन् । हिजो अदालतको मुख्य भवन प्यालेस अफ जस्टिस बाहिर सयौँ मानिसहरूले न्यायाधीशलाई हटाउन माग गर्दै प्रदर्शन सुरु गरेका थिए। उनीहरूले अनुसन्धानलाई राजनीतिकरण गरिएको तर्क गर्दै न्यायाधीश तारेक बितारलाई हटाउन माग गरेका छन् ।

गोली प्रहारको घटनालाई लिएर लेबननका प्रधानमन्त्री नजिब मिकाटीले आज देशव्यापी शोकको घोषणा गर्नुभएको छ । उहाँले कारण जे सुकै भए पनि विद्रोही आचरण नदेखाउन र संयम रहन सबैलाई आग्रह गर्नुभएको छ।एजेन्सी


२९ असोज २०७८, शुक्रवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु