punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दशैंमा मानव अधिकार आयोगको सबै कार्यालय खुला रहने

Chaupati
safha napa

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दशैं, तिहार र छठ बिदाका दिनमा पनि खुला रहने भएका छन्।दशैं विदाको समयमा आयोग कार्यलय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि चाड पर्व बिदामा आयोग खुला रहने जनाकारी दिए।

यस अवधिमा आयोगले मावन अधिकार उल्लंघन र ज्यादतिका घटनाहरुमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ।


२६ असोज २०७८, मंगलवार ०९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु