punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा परि पाँच जना भारतीय सैनिकको ज्यान गयो

Chaupati
safha napa

जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् ।

पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले आफ्नो राज्यका ज्यान गुमाएका दुई जनाका परिवारलाई ५० लाख रुपैयाँ र दुवै परिवारका एकर एक जनालाई सरकारी जागिर दिने घोषणा गर्नुभएको छ ।

गएको हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले पुन्छमा कारबाही अभियानलाई तीव्र पारेको थियो ।मुठभेड पछि पनि अप्रेसन चलिरहेको भारतीय सेनाले जनाएको छ ।एजेन्सी


२६ असोज २०७८, मंगलवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु