सेती अस्पतालमा १८ जनामा कोरोना संक्रमण, एकको मृत्यु
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६९ जनाको नमूना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे हो । यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन् ।
यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी ९ की ८० बर्षिय वृद्धा रहेको अस्पतालले जनाएको छ ।
२५ असोज २०७८, सोमवार १२:३६ बजे प्रकाशित































