punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिष भन्दा बढी खतरनाक हुन्छ ‘रेडमिट’ अर्थात रातो मासु !

Chaupati
safha napa

रातो र सेतो दुवै मासु प्रोटिनले भरिपूर्ण हुन्छ। सेतो मासुमाभन्दा रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ हुन्छ, यसले कोलेस्टेरोल हाई गर्छ। मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु नदिनु नै उपयुक्त मानिन्छ।रातो मासुको तुलनामा सेतो मासुमा चिल्लो पदार्थ कम हुन्छ। सेतो मासु आवश्यक मात्रामा खानु उपयुक्त मान्न सकिन्छ। बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ।

खसी–बोका, रांगा, भेंडा आदी जनावरको मासुलाई रातो मासु हो । चारखुट्टे जनावरको मासुलाई रातोमासु भनिन्छ । वैज्ञानिक रिसर्चले रातो मासु शरीरका लागि हानिकारक रहेको देखाएको छ । यो मासु पोलेर खाँदा क्यान्सर हुने सम्भावना हुन्छ ।

यदि दीर्घ रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई रातो मासु उपयुक्त हुँदैन। मुटुको रोगी, गाउटका बिरामी, किड्नीका बिरामीलाई रातो मासु उपयुक्त हुँदैन। कुनै संस्कृतिमा रातो मासुको प्रयोग गर्नैपर्ने हुन्छ। जस्तैः नेवारको भोजमा, पूजा गर्दा रातो मासु खानैपर्ने हुन्छ। त्यस्तो बेला थोरै मासु प्रयोगमा ल्याउनु उचित हुन्छ।

रातो मासुले पाँचभन्दा बढी रोग त सीधै हुर्काउँछ । पहिलो, यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण ब्लड प्रेसर बढ्छ । ब्लड प्रेसरकै कारणले मुटुको रोग लाग्ने सम्भावना हुन्छ । मुटुको रोगका कारण पक्षघात हुने सम्भावना हुन्छ । युरिक एसिड बढेपछि दुखाइ बढ्छ । अर्को, क्यान्सर लाग्ने पनि सम्भावना हुन्छ । यी रोग हुर्काउन रातो मासुको भूमिका हुन्छ । तर, हामी नेपालीले प्रायः रातो मासु नै खान्छौँ ।

परिवारका सदस्य दीर्घरोगी भएमा खानामा मासु मात्र पकाउनु हुँदैन। त्यसैले मासुको सट्टा माछा पनि प्रयोग गर्न सकिन्छ। माछामा प्रोटिन, भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हुन्छ। ओमेगा फ्याटी एसिडका कारणले माछा स्वस्थ्यकर मानिन्छ। यस प्रकारको फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ। नराम्रो कोलेस्टेरोल लाइट ट्राइग्लिसिराइडको परिणाम कम गर्ने भएकाले मुटुसम्बन्धी रोग कम गर्न मद्दत गर्छ।

अल्जाइमर्स रोगको खतरा

वैज्ञानिकहरुका अनुसार रातो मासुबाट प्राप्त हुने एमिलोइड नाम गरेको प्रोटिन दिमागमा जम्मा हुने हुँदा यसले स्नायुकोषलाई हानि गर्छ । मासु खानेलाई अल्जाइमर्स रोगको बढी सम्भावना हुन्छ । त्यस्तै, आइरनको मात्रा अत्यधिक भयो भने पनि यो रोगको खतरा हुन्छ ।

पछिल्लो पटक गरिएको एक अध्ययनमा अल्जाइमर्सका बिरामीको दिमागमा अत्यधिक मात्रामा आइरनको मात्रा संग्रह भएको थियो । प्रारम्भिक रूपमा स्नायुकोष नष्ट हुने भागमा यो आइरन बढी भएको पाइएको थियो । यी सबै रातो मासुका नकारात्मक असर हुन् । रातो मासुमा अत्यधिक मात्रामा आइरन हुने हुँदा यो खाँदा अल्जाइमर्सको जोखिम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

मुटु रोगको खतरा

वैज्ञानिकहरुले बारम्बार रातो मासु र मुटु रोगबीच सम्बन्ध हुने पुष्टि गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार रातो मासु र मुटु रोगको सम्बन्ध मासुमा हुने चिल्लो पदार्थ र कोलेस्टेरोलमा मात्र सीमित छैन ।बरु रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई हाम्रो पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड ९टीएमएओ० उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ ।

गुदद्वारको क्यान्सर

रातो मासुले गुदद्वारको क्यान्सर हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अमेरिकामा पछिल्लो पटक गरिएको एक अध्ययनमा यो पुष्टि भएको हो । ५० वर्षदेखि ७४ वर्षमाथिका साढे १ लाख मानिसमा गरिएको सो अध्ययनमा रातो मासु खाने धेरै मानिसमा गुदद्वारको क्यान्सर भएको पाइएको थियो । सम्भावित क्यान्सरबाट बच्न स्वास्थ्य विज्ञहरुले रातो मासुको सट्टा माछा खानुपर्ने सुझाएका छन् ।

चिनी रोगको कारक

रातो मासु चिनी रोगसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रूपमा रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत रहने विज्ञहरु बताउँछन् ।

युरिक एसिडको खानी

रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।

रातो वा प्रशोधित मासु केलाई मानिन्छ ?

चौपायाको आदिको मासु रातो मासुमा गणना हुन्छ भने हाँस र सिकार गरिएका चराचुरुङ्गीको मासु त्यसमा गणना हुँदैन।टिक्ने समय र स्वाद परिवर्तन गरिएको चाहिँ प्रशोधित मासुभित्र पर्छ र त्यसका लागि प्रमुख विधि भनेको पोल्ने, नुन थपेर वा अनेक तरिकाले लामो समयसम्म खान मिल्न बनाउने हो।विशुद्ध किमा प्रशोधित मासुभित्र पर्दैन तर बेकन, ससेज, हट डङ्ग्स, सलामी आदि त्यसभित्र पर्छन्।

रातो मासु कति मात्रामा खानुपर्छ ? 

ब्रिटेनको न्याश्नल हेल्थ सर्भिस एनएनएसका अनुसार प्रतिदिन ९० ग्रामभन्दा बढी रातो वा प्रशोधित मासु खानेहरूले त्यसमा कटौती गरी औसतमा ९७ ग्राम खाँदा हुन्छ।पब्लिक हेल्थ इङ्ग्ल्यानड्को पोषण विज्ञान प्रमुख प्राध्यापक लुइस लेभी भन्छन्, “विश्वभरि प्रमाणले के देखाउँछ भने रातो र प्रशोधित मासु खानेहरूले त्यसलाई सीमित तुल्याउनुपर्छ।”“स्वस्थ खानपानको त्यो एउटा हिस्सा पनि हुन सक्छ भने धेरै मात्रामा खाँदा आन्द्राको क्यान्सर हुने जोखिम उच्च हुन्छ।


२१ असोज २०७८, बिहीवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु