punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

Chaupati
safha napa

धनगढीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुरमा ना ८ ख २२४२ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको हो।

धनगढीबाट अत्तरियातर्फ गइरहेको बसले ठक्कर दिँदा घाइते भएका दार्चुलाका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते सुनारको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। बस र चालक आशिष चौधरी मालाखेती प्रहरीको नियन्त्रणमा छन्।


१९ असोज २०७८, मंगलवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु