विद्यालयमा अध्ययनरत किशोरीहरूलाई आइरन चक्की खुवाइने

कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययनरत किशोरीहरूलाई आइरन तथा फोलिड एसिड खुवाइने भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सुआहार को आर्थिक तथा प्राविधिक सहयोगमा १० देखि १९ वर्षका किशोरीहरलाई आइरन चक्की खुवाइने लागेको हो ।

धनगढीका एक सय ८० विद्यालयमा कार्तिक महिना देखि विद्यालयमा नै आइरन चक्की खुवाइने सुआहारा पोषण तथा स्वास्थ्य अधिकृत नरबहादुर विकले जानकारी दिए । ‘आइरन चक्की विद्यालयलाई जिम्मेवारी दिएको छ’, उनले भने । ‘यसले गर्दा किशोरीहरूलाई शारीरिक तन्दुरुस्त बनाउन सहयोग पुग्छ ।’

आइरन चक्की ३–३ महिनाको फरकमा खुवाइन्छ । रक्तअल्पता नहुन दिनका लागि आइरन चक्की खुवाइन लागेको हो । अधिकासं किशोरीहरूमा रक्तअल्पता, शरीरमा रगतको अभाव हुने जस्ता समस्या देखिएका कारण किशोरीहरूलाई यो अभियान चलाउने लागेको हो । छात्रालाई सम्बन्धित विद्यालयमा पुगेर आइरन चक्की समेत खुवाउने जनाएको छ ।

किशोरीहरूको स्वास्थ्यमा ध्यान दिँदै पोषणको दिगो विकास लक्ष्य हासिल गर्न किशोरीहरूलाई आइरन चक्की खुवाउन थालिएको बताइएको छ । १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई आइरन चक्की खुवाउन विद्यालय र स्वास्थ्यकर्मीहरूलाई जिम्मा दिइएको अधिकृत विकले बताए ।

यसका लागि सुआहाराको प्रविधि सहयोग र धनगढी उमहानगरपालिकोको आयोजनामा सोमबार विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण समेत गरिएको छ । किशोरीहरू १० देखी १९ वर्ष भित्र रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस् भनेर आइरन चक्की खुवाउने अवधारणा सुआहाराले लिएको छ ।

उक्त आइरन चक्की पहिलो १३ हप्तामा १३ दिन १÷१ वटा क्याप्सुल खुवाइने र फेरी १३ हप्ता ग्याप गरी सोही मात्रामा क्याप्सुल खुवाइने अधिकृत विकले जानकारी दिए । यस कार्यक्रमले बाल मृत्युदर र नवजात शिशु मृत्युदर कम गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । नेपालमा ४९ प्रतिशतमा रक्तअल्पता हुने गरेको तथ्याङ्क रहेको छ ।


१८ असोज २०७८, सोमवार १८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु