punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय कांग्रेस महासचिव प्रियंका गान्धी प्रहरी नियन्त्रणमा

Chaupati
safha napa

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ। महासचिव गान्धीलाई आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशको सितापुरको हरगाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

उत्तर प्रदेशको लखिमपुर खिरी भन्नेमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन उनी त्यसतर्फ गइरहेकी थिइन्। कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले प्रियंका गान्धीलाई हिरासतमा लिने सममा पुरुष पुलिसले हातपात गरेको आरोप लगाएका छन्।गान्धीलाई यूपी प्रहरीले लखनउमै रोक्न खोजेको थियो। प्रहरी अधिकारीले गान्धीलाई हिरासतमा लिन खोज्दा उनले गिरफ्तार वारेन्ट देखाउन भनेकी थिइन्।

उनलाई हिरासतमा लिन खोजेपछि केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्का भएको थियो। पछि उनी प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरेकी थिइन्।प्रहरीले गान्धीलाई पक्राउ गर्नका लागि सडकका विभिन्न ठाउँमा गाडीहरू रोक्दै चेकिङ गरिरहेको थियो। सोही क्रममा सितापुरको हरगाउँबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई पक्राउ मन्दिर मार्गस्थित प्रहरी चौकीमा आधा घण्टा हिरासतमा राखिएको उत्तरप्रदेश कांग्रेसले जनाएको छ।कांग्रेसका उत्तरप्रदेश राज्य प्रमुख अजय कमार लल्लूले जनताको दुस्खमा सहभागी हुन जाँदा कुनै नेता पक्राउ पर्नु दुखद् भएको बताएका छन्।एजेन्सी


१८ असोज २०७८, सोमवार १०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु