कैलालीबाट विभिन्न मुद्दामा फरार रहेका ७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कैलालीले बिभिन्न मुद्दाका सात जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नं. १ बस्ने बिनोद चौधरी रहेका छन् ।
जबजस्ती करणी गरेको अभियोगमा निजलाई कैलाली जिल्ला अदालतले तीन बर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । उनी २०७५/०५/२० गतेदेखि फरार रहेका थिए ।
त्यसैगरी कैलालीकै साविक कोटातुल्सीपुर गाविस वडा नं. ४ हाल बर्दगोरिया गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को अशोक चौधरी पनि पक्राउ परेका छन् । जबरजस्ती करणीको कसूरमा उनलाई कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो ।
उनी २०७२/०३/२१ बाट फरार रहेका थिए । त्यसैगरी सम्मानित कैलाली जिल्ला अदालतबाट लागू औषध मुद्दामा मिति २०६६/०१/१२ गते पाँच सय जरिवाना भई फरार रहेका कैलाली जिल्ला धनगढी उप–महानगरपालिका वडा नं. १ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ ।
अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादीहरु (१) जिल्ला कैलाली धनगढी उप–महानगरपालिका १७ वस्ने वर्ष १८ को अमन चौधरी (२) सोही स्थान बस्ने बर्ष २९ को कृष्ण राना (३) सोही स्थान बस्ने बर्ष १८ अभिषेक चौधरी र (४) सोही स्थान बस्ने बर्ष ३० को बब्लु राना रहेका छन् ।
उनीहरुले २०७८/०४/०८ गते गौरीगंगा नगरपालिका वडा नं. ६ मा बिना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरी उनीहरुविरुद्द वन ऐन, २०७६ को दफा ५८(२) बमोजिम कैलाली जिल्ला अदालतबाट पक्राउ अनुमती लिएको थियो ।
आवश्यक कानुनी कारवाहीको लागि उनीहरुलाई डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१७ असोज २०७८, आइतवार २०:०६ बजे प्रकाशित































