punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशका धेरै ठाउँको मौसम बद्ली : दुई प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

Chaupati
safha napa

प्रदेश–१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश(१, २ र वाग्मती प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उनले जानकारी दिए । उनका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

यस्तै, आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । प्रदेश–१ र २ का केही ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना छ । नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ ।

अबको एकरदुई दिनको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । यस्तै, यसपालि ढिलो गरी मनसुन बाहिरिने भएको छ । मौसमविद्का अनुसार यो हप्ताभरि नै मनसुन रहने सम्भावना छ । परिमार्जन गरिएको नयाँ तालिका अनुसार मनसुन अक्टोबर २ तारिख अर्थात हिजो नै बाहिरिनु पर्ने थियो ।

तर मनसुन भित्रिने र बाहिरिने समय तोकिएको मिति भन्दा एकरदुई दिन छिटो र एकरदुई दिन ढिलो हुने गर्छ । यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।


१७ असोज २०७८, आइतवार ०९:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु