punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी नदीमा बाढीको जोखिम

Chaupati
safha napa

आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भएर रहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी  पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, झापामा रहेको केचना वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको मापन भएको छ ।

त्यस क्षेत्रमा अझै पानी पर्ने सम्भावना रहेकाले केचना, पथरिया लगायत क्षेत्रका साना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । आज प्रदेश–१ र २ मा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान छ । प्रदेश–१ र २ मा अहिले पनि पानी परिरहेको छ ।


१७ असोज २०७८, आइतवार ०९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु