punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने

Chaupati
safha napa

धनगढीमा प्रथम खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता २०७८ हुने भएको छ ।धनगढीमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक देउथान यूवा क्लव तारानगरले विजया दशमी तथा दिपावलीको अवसरमा खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको आयोजना गरेको जनाएको हो ।

प्रतियोगिता यही असोज २१ गते धनगढीको खुल्ला मञ्चमा हुने प्रतियोगिता संयोजक विशाल चौधरीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ ट्रफि मेडल र दोस्रो पुरस्कार पचपन्न हजार पाँच सय पचपन्च रुपैयाँ र ट्रफी मेडल रहेको उनले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षकलाई पच्चीस सय पचपन्न रुपैयाँ र ट्रफी रहेको उनले बताए । प्रतियोगितामा ६० टिमको सहभागिता रहने उनले जानकारी दिए ।खेलमा ५ जना खेलाडी र एकजना गोल रक्षक गरि ६ जना हुनुपर्ने आयोजकले जनाएको छ ।


१३ असोज २०७८, बुधवार १४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु