कर्णाली नदीमा बेपता चार जनाको अवस्था अझै अज्ञात
एको साउन १५ गते कर्णाली नदीमा जीप र डंगा दुर्घटनामा बेपता चार जनाको अवस्था अझै अज्ञात रहेको छ । डंगा दुर्घटनामा कैलालीका दुई र जीप दुर्घटनामा डडेल्धुरा घर भई डोटीमा बस्दै आएका दुई जना कर्णालीमा बेपत्ता भएका छन् ।
एकै परिवारका पाँच जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने क्रममा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो । जीप दुर्घटनामा त्यसमा सवार तीन जनाको उद्धार गरिएको थियो भने चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए ।
यस्तै साउन १७ गते कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका थिए। मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता सोही ठाउँकी २० वर्षकी उर्मिला सलामी मगरको साउन २४ गते शव फेला परेको थियो भने उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा अझै अज्ञात छन् ।
इकाला प्रहरी कार्यालय चिसापानीका अनुसार सोही डुंगामा रहेका अन्य चार जना भने पौडिएर जोगिएका थिए । उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला डंगा दुर्घटना भएको हो ।
बेपत्ता भएका चार जनाको अवस्था अझै अज्ञात रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले बताए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको उनले बताए ।
१३ असोज २०७८, बुधवार १४:२९ बजे प्रकाशित






























