punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा चाडपर्व लक्षित बजार अनुगमन सुरू

Chaupati
safha napa

डडेल्धुरा सदरमुकाममा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । दशैतिहार तथा छड् पर्वमा अखाध्य वस्तु विक्री वितरण हुने भएकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समिती संयोजक प्रेमबहादुर खवासले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए ।

सदरमुकामबाट सुरु गरेको बजार अनुगमन अन्य मुख्य व्यपारी केन्द्रमा समेत गर्ने योजना रहेको उनले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योघ वाणिज्य संघ, खाद्य प्रविधी गुण नियन्त्रण कार्यालय, अन्तरीक राजस्व कार्यालय, कृषी ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र अमरगढी नगरपालिका स्वास्थ्य शाखा, पत्रकार महासंघ लगायतका प्रतिनिधिहरु छन् ।

सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न थोक तथा खुद्रा पसलहरुको अनुमगन गरिरहेका छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी खवासले बताए । अखाध्य तथा म्याद नाघेका वस्तु व्यापारीले फिर्ता गर्ने भन्दै गोदाममा राख्ने र पछि गाउँघरका पसलमा बिक्री गर्ने समस्या अहिले पनि रहेको छ ।


१२ असोज २०७८, मंगलवार १५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु