punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।

उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् ।नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो ।

त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उनले उपचार गराएका थिए । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बतायो । सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई निवासमै गएर भेटेका थिए ।

 


१२ असोज २०७८, मंगलवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु