punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खेलसँगै राजनीतिक भेटघाट सकेर स्वदेश फर्किँदै शाहिद अफ्रिदी

Chaupati
safha napa

पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउण्डर स्टार शाहिद अफ्रिदी सोमबार स्वदेश फर्किँदैछन्।अफ्रिदी अपरान्ह ४ बजे स्वदेश फर्कने काठमाडौँ किङ्स इलेभेनका सिइओ रत्ना ठाकुरले जानकारी दिए।

एभरेस्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत काठमाडौंले दोस्रो खेलमा विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो। तर ओसिलो पिचका कारण खेल स्थगित भएपछि अफ्रिदी पाकिस्तान फर्कन लागेका हुन्।

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) को दुई खेल खेल्न नेपाल आएका अफ्रिदी एक खेल मात्र खेलेर फर्कन लागेका हुन्।ललितपुर प्याट्रियट्सविरुद्धको उद्घाटन खेलमा ४ ओभर बलिङ गरेका अफ्रिदीले ३२ रन खर्चेका थिए। उनी नेपाली युवा खेलाडी पवन सर्राफबाट चौका र छक्काको सिकार भए।

पहिलो खेलमा कमजोर बलिङ गरेका अफ्रिदीले ब्याटिङको मौका भने पाएनन्।
अफ्रिदीले आफ्नो स्पेलमा ३२ रन खर्चे। छैटौँ ओभरमा बलिङमा आएका अफ्रिदीले १४ रन दिए। आठौँ ओभरमा ३, १४ औँ ओभरमा १० तथा १६ औँ ओभरमा ६ रन दिए।

इपीएलको उद्घाटन खेलमा काठमाडौले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो।अफ्रिदी नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। नेपालमा ५ दिन बसाइका क्रममा अफ्रिदीले माउण्टेन फ्लाइट गर्नुका साथै व्यवसायिक र महत्वपूर्ण भेटघाटमा व्यस्त रहे।


११ असोज २०७८, सोमवार १६:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु