भीम रावलको माग अनुसार एमाले स्थायी कमिटी बैठक बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिमलगायतका केही स्थानमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

जेठ २ मा फर्कँदा सुदूरपश्चिमको पार्टी इन्चार्ज उपाध्यक्ष भीम रावल हुनुपर्ने भए पनि हाल माओवादी केन्द्रबाट आएका लेखराज भट्टले नै इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् ।

यसमा सुदूरपश्चिमका नेताहरूले आपत्ति जनाउँदै आएका छन् । आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा समेत उपाध्यक्ष रावल लगायतका नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न माग गरेका थिए ।

साथै उनीहरूले केन्द्रीय कमिटीकै बीचमा स्थायी कमिटी बैठक राखेर स्पष्ट पार्न माग गरेका थिए । तर, अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटी बैठक राखेर १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे छलफल गर्न सकिने बताएका थिए ।


११ असोज २०७८, सोमवार १०:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु