punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टीले जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन- रावल

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने विवादको विषय बाहिर आइरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले जिम्मेवारी हेरफेर गर्नेबारे कुनै निर्णय नभएको बताएका छन्।

गृहजिल्ला अछाममा एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले भने, ‘पार्टीले जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन।

कार्यदल गठन भएको छ, सहजकर्ता तोकिएको छ। बालकोटमा भएको छलफलमा मेरै प्रस्तावमा भएको हो,’ उनले भने, ‘त्यहाँ पार्टी अध्यक्षले तपाई पार्टी उपाध्यक्षको हैसितमा हुनुहुन्छ। दश बुँदे कार्यान्वयन गर्ने विषयमा जहाँ समस्या आउँछ त्यहाँ छलफल गरौंला भन्नुभएको हो।’

उनले आफ्नै प्रस्तावमा बालकोटमा नेताहरु सबै बसेर छलफल गरेको भन्दै कुनै समस्या अहिले नदेखिएको बताए। ‘म गृहक्षेत्र आएलगत्तै धेरैले सोधेपछि मैले प्रष्ट पार्न खोजेको हुँ,’ उनले भने, ‘बालकोटमा भएको छलफलमा को इन्चार्ज के भन्ने विषयमा कुनै छलफल भएको होइन। पार्टीलाई एकताबद्व बनाएर लैजाने समय हो यो।’


३१ भदौ २०७८, बिहीवार १६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु