८ फिट लामो अजिङ्गर फेला
कञ्चनपुरमा ८ फिट लामो अजिङ्गर फेला परेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीको पेरिमिटर भित्र ८ फिट लामो अजिङ्गर फेला परेको हो।
उक्त अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर अर्जुनी पोष्टका रेन्जर पुरन देव मिश्रलाई बुझाइएको गणले बताएको छ।
२३ भदौ २०७८, बुधवार १७:५१ बजे प्रकाशित






























