कैलाली बहुमुखी क्याम्पसमा लगाईएको ताला खुल्यो
कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले गरेको तालबन्दी खुलेको छ। बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले विभिन्न माग राख्दै आइतबार क्याम्पस प्रशासनमा गरिएको तालाबन्दी खुलाईएको हो।
क्याम्पस प्रशासन र विद्यार्थीहरु बीचको समझदारीमा ताला खोलिएको बीए एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत गणेश जोशीले बताए।
क्याम्पस प्रशासनसँग अनौपचारिक सहमती भएको र बुधवार ताला खोलीएको अर्का विद्यार्थी पारस कठायतले बताए।
२३ भदौ २०७८, बुधवार १४:२९ बजे प्रकाशित































