Alok

सेती अस्पतालमा १३ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा १३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ नमूनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् ।

हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।


२३ भदौ २०७८, बुधवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु