punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक दिवसीय क्रिकेट : नेपाल र पपुवा न्युगिनी भिड्दै

Chaupati
safha napa

नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको पहिलो एक दिवसीय खेल आज (मगंलबार) हुँदैछ।खेल ओमानस्थित अल अमरेत क्रिकेट मैदानमा बिहान सबा ११ बजेदेखि सुरु हुनेछ। नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने र पिएनजीको कमानी असाद भालाले सम्हालेछन्।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडिआई सिरिज अघि पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो।

नेपालले १९ महिनापछि ओडिआई खेल खेल्न लागेको हो। नेपालले पछिल्लो समय २०२० को फेब्रअरीमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका आमोनसँग त्रिवि क्रिकेट मैदानमा खेलेको थियो। त्यसयता नेपालले ओडिआइ खेलेको छैन।

गत वैशाखमा नेपालले घरेलु मैदानमा मलेसिया र नेदल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिजको उपाधि उचालेको थियो।

ओपनर आशिफ र कुशलको डेब्युको सम्भावना
पीएनजीसँगको पहिलो एक दिवसीय खेलमा नेपालका ओपनर आसिफ शेख र कुशल भर्तेलले ओडिआईमा डेब्यू गर्ने सम्भावना छ। टि२० आईमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल र आसिफ शेखको जोडीले ओडिआईमा डेब्यु गर्न सक्नेछन्।

टि २० आई क्रिकेटको डेब्यूका सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। डेब्यूमै अर्धशतक बनाएका आसिफ र कुशलले सुरुवाती दुई खेलमा शतकीय साझेदारी गर्दै विश्व कीर्तिमान बनाएका थिए।

पिएनजीसँगको पहिलो खेलबाटै तीव्र गातिका बलर गुलशन झाले पनि डेब्यु गर्न सक्छन्। घरेलु प्रतियोगिता खेलेको छोटो समयमा नै राष्ट्रिय टोलीमा परेका गुलसनको बाउन्सर प्रहारका लागि परिचित छन्।


२२ भदौ २०७८, मंगलवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु