punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज वर्षा : कुन प्रदेशमा कस्तो?

Chaupati
safha napa

हाल (मंगलबार बिहान) देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा)देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ।

यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

 


२२ भदौ २०७८, मंगलवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु