punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा कांग्रेसको ४१ वडा अधिवेशन सम्पन्न, नगर सभापति वडामै पराजित

Chaupati
safha napa

नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत बैतडीका १० स्थानीय तहका ८४ वडामध्ये ४१ वडाको नेतृत्व चयन भएको छ। बाँकी वडाको नतिजा आउन बाँकी रहेको निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।

जोशीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको वडा नम्बर २, ३, ४, ७ र ८ मा अधिवेशन सम्पन्न भएको छ। यस्तै‚ मेलौली नगरपालिकाको वडा नम्बर १, २, ४, ७, ८ र ९, पाटन नगरपालिकाको वडा नम्बर १, ४, ५, ६, ७, ९, १०, र पुर्चौडी नगरपालिकाको वडा नम्बर ५, ६ मा अधिवेशन सम्पन्न भएको हो।

शिवनाथ गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ४, ६, ७, दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३, ४, ६, पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ४, ५, डिलाशैनी गाउँपालिकाको वडा नम्बर १, ३, सुर्नया गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ७, ८ र सिगास गाउँपालिकाको ४, ९ मा वडा तहको अधिवेशन सम्पन्न भएको छ।

दशरथचन्द नगरपालिका वडा नम्बर ६ बाहेक जिल्ला अन्य सबै वडामा अधिवेशन सम्पन्न भइसकेको भए पनि नतिजा नआएको निर्वाचन अधिकृत जोशीको भनाइ छ। अधिवेशन हुन नसकेको वडा नम्बर ६ मा दिनभरि सहमतिको प्रयास गरिएको र साँझसम्म सहमति हुन नसकेको हो। अबेरसम्म सहमति नभएपछि मंगलबार उक्त वडामा निर्वाचन हुने जनाइएको छ।

नतिजा नआएका वडाहरुमा पनि अधिवेशन सम्पन्न भए पनि मतदान अधिकृतहरु फोन तथा इन्टरनेटको पहुँचमा नरहेकाले केही ढिलाइ भएको निर्वाचन अधिकृत जोशीले बताए।

नगरसभापति वडामै पराजित

दशरथचन्द नगरपालिकाका नगरसभापति लालबहादुर चन्द वडामै पराजित भएका छन्।नगर सभापति चन्द सोमबार सम्पन्न नगरपालिकाको वडा नम्बर ८ बाट वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार बनेका थिए।

चन्द चन्द्रसिंह थापासँग ४ मतअन्तरले पराजित भएका मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए। थापाले ५७ मत प्राप्त गरे भने चन्दले ५३ मत मात्रै प्राप्त गरेका छन्।

पराजित भएसँगै चन्दको १४ औं महाधिवेशनको यात्रा वडा तहमै समाप्त भएको हो। उनी जिल्ला समन्वय समितिका सदस्य समेत हुन्।

 


२२ भदौ २०७८, मंगलवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु