खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी
धनगढी बजारको मुख्य सडकमा परेका खाल्डाखुल्डीका कारण सवारी साधन आवागमनमा असहजता भएको भन्दै पुरिन थालिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय कैलालीले सडकमा परेका खाल्डाखुल्डी पुर्न थालेको हो ।
बर्षादका कारण सडकमा खाल्डाखुल्डी रहेकोले सवारी आवागमनमा असहजता भएको हुँदा खाल्डाखुल्डी पुरी सवारी आवागमनमा सहजता ल्याउने प्रयास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जाएको छ । उपमहानगरपालिकाको मुख्य सडकमा परेका खाल्डाखुल्डीले साना सवारी साधनका चालकहरू हैरान हुदैं आएका छन् ।
सवारी आवागमनमा सहजता ल्याउनुका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि खाल्डाखुल्डी पुर्ने प्रयास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
१६ भदौ २०७८, बुधवार १३:२६ बजे प्रकाशित































