रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापतिलाई नियुक्ति पत्र प्रदान
कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्माले नियुक्ति पत्र बुझेका छन।रक्षा मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन २६ गते शर्मालाई कायममुकायम प्रधान सेनापतिमा नियुक्त गरेकी थिइन।
कार्यक्रममा रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।
१६ भदौ २०७८, बुधवार १४:१५ बजे प्रकाशित































