धनगढीमा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु
महिला हिंसा विरुद्धको अभियान प्रहारु को आयोजनामा सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सुरु भएको छ । तालिमको मंगलबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले उद्घाटन गर्नु भएको हो ।
महिला हिसांजन्य घटना न्यनिकरणका लागि प्रहारले विभिन्न ठाउँमा तालिम दिदैं आएको छ । सोही अनुसार मंगलबारबाट सुदूरपशिचम प्रदेशका २१ वटा स्थानीय तहका ४५ जना महिला तथा पुरुष प्रशिक्षकहरुको सहभागिता रहेको महिला हिसां विरुद्धको अभियान प्रहार का संस्थापक प्रकाश चन्दले जानकारी दिए ।तालिम एक हप्ता सम्म सञ्चालन हुने ुप्रहारु संस्थाका संस्थापक चन्दले बताए ।
१६ भदौ २०७८, बुधवार १३:१२ बजे प्रकाशित































