punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डाेटी : गौरा पर्वमा भीडभाड नगर्न आग्रह, अटेर गरे कारबाही हुने

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ ।सूचना प्रकाशित गर्दै कार्यालयले सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतवार भित्र्याइएकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भीडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भीडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

उनले भनीन, गौरा र तीजमा सामान्य पूजा आराधनाबाहेक अन्य भीडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह गरेका छौँ । अटेर गर्नेलाई कानुन बमोजिम कारबाही हुने छ ।

गौरा पर्वको समयमा डोटीको ग्रामीण क्षेत्रमा देउडा खेल्ने तथा मानिसको बाक्लो सहभागिता हुने भएकाले भीडभाडलाई कम गराउन प्रहरीलाई पनि निर्देशन जारी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


१५ भदौ २०७८, मंगलवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु