punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेस्सीको पीएसजी डेब्यू अझै अनिश्चित

Chaupati
safha napa

पेरिस सेन्ट जर्मेइन (पीएसजीले) आज राति ब्रेस्टसँग हुने लिग वान खेलमा आफ्ना सुपरस्टार लियोनल मेस्सीको बहुप्रतीक्षित डेब्यूबारे निर्णय गरिनसकेको बताएको छ ।६ पल्टका बेलोन डी’ओर विजेता ३४ वर्षीय अर्जेन्टिनी खेलाडी मेस्सी बार्सिलोनाबाट गत साता पीएसजीमा अनुबन्ध भएका थिए । आर्थिक समस्याका कारणले उनले बार्सिलोना छाड्नुपरेको थियो ।

गत महिना कोपा अमेरिका जितेयता मेस्सीले कुनै खेल खेलेका छैनन् । तर पीएसजीबाट पर्याप्त प्रशिक्षण गरिसकेका छन् । ‘हामीले टिम बनाइसकेका छैनौं,’ पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने, ‘हामी अनुमान गर्न सक्छौं कि मेस्सी टिमको हिस्सा हुन सक्छन् । टिममा एउटा राम्रो माहोल बनिसकेको छ । सबै सकारात्मक छ । टिम छोटो समयमा सन्तुलित बनेको छ ।’

फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेबारे सार्वजनिक भएका हल्लाहरुलाई पोचेटिनोले खारेज गरिदिएका छन् । ‘एम्बाप्पे हाम्रा खेलाडी हुन् र उनी यो सिजन यहीँ रहुन् भन्ने मेरो चाहना हो,’ पोचेटिनोले भने, ‘उनको सम्झौताको एक वर्ष बाँकी छ ।’

‘उनले सम्झौता नवीकरण गरेनन् भने पनि उनले पीएसजीबाटसधैं एक पाउनेछन् । मैले चिनेसम्म उनी सधैं खुसी रहने व्यक्ति हुन् । उनी शान्त छन् र अर्को खेलका लागि राम्रो तयारी गरिरहेका छन् ,’ पोचेटिनोले थपे ।


४ भदौ २०७८, शुक्रवार ०७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु