punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुख काटिरहेको अवस्थामा एक युवक पक्राउ

Chaupati
safha napa

कैलालीमा रुख काटिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका – ३ स्थित कैलाश धाम सामुदायिक वनबाट सोही ठाउँका २० वर्षीय सुरज महतो पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले महतोको साथबाट ६ थान (८६.२६ क्युफिट) सालको काठ, फलामको हाते आरा २ थान, बन्चरो १ थान, ट्युब ५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका महतोलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी सव–डिभिजन वन कार्यालय लम्कीमा पठाएको प्रहरी जनाएको छ ।


२ भदौ २०७८, बुधवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु