punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

Chaupati
safha napa

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी गरिएको छ। तलब वृद्धिको माग गर्दै आएका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले सबै वडामा तालाबन्दी गरेका हुन्।

संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्‍याउने उल्लेख गरेको भए पनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै उनीहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका हुन्।

आइतबारदेखि आन्दोलनमा उत्रेका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिकामा गरेको तालाबन्दी पनि जारी रहेको छ। संघर्ष समिति बनाएर आफूहरु आन्दोलनमा उत्रेको लेखापाल वसन्त पन्तले बताए। माग पूरा नहुँदासम्म ताला नखोल्ने उनीहरुको चेतावनी छ।

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका लागि संघीय सरकारले दुई हजार थप गरेको र बाँकी रकम स्थानीय तहले व्यहोर्नुपर्ने भएकाले नगरपालिकाले तलब नथपेको उनीहरुको गुनासो छ।

नगरपालिकाका १० वटै वडामा तालाबन्दी गरेर संघर्षका कार्यक्रमलाई अघि बढाएको हो। आन्दोलित भएका बाल विकास सहजकर्ता अनिता महराका अनुसार सुरुमा बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरेको भए पनि पछि काटिएकाले तालाबन्दी गरिएको हो। माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहने सिगास मावि गौरीशंकर पोखरी गुरुडाका बाल शिक्षक बिस्ना केसीले बताइन्।

यता पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका मागप्रति आफूहरु सकारात्मक रहे पनि बजेट अभावका कारण समस्या भएको बताए। उनले भने, ‘संघीय सरकारले स्थानीय श्रोतबाट थप तलब दिनुपर्ने भनेकाले उक्त निर्णय कार्यान्वयनमा समस्या भएको र समस्या समाधानका लागि संघीय अर्थमन्त्रालयसँग पनि कुराकानी गरिरहेका छौं।’

 


२ भदौ २०७८, बुधवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु