punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रिमियर लिग आजबाट सुरु

Chaupati
safha napa

इङलिस प्रिमियर लिगको नयाँ संस्करण आजबाट सुरु हुने भएको छ । प्रिमियर लिग २०२१÷२२ को उद्घाटन खेलमा आर्सनल र ब्रेन्टफोर्ड भिड्दै छन् ।खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

शनिबार लिगका सात खेल हुनेछन् । साविक उपविजेता म्यान्चेस्टर युनाइटेडले लिड्ससँग खेल्नेछ । लिभरपुल र नविच, चेल्सी र क्रिस्टल प्यालेस, लेस्टर र वल्भस पनि भिड्दै छन्।

बनार्लीले ब्राइटनको सामना गर्नेछ । एभरटन र साउथ ह्याम्पटन तथा वाटफोर्ड र एसटल भिल्लाको खेल शनिबार हुने भएको छ ।

उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र चेल्सी, युनाइटेड र लिभरपुल एक अर्काको सामना गर्दैछन् । यस्तै आसर्नल र टोटहम पनि ‘बिग सिक्स’को यो प्रतिस्पर्धामा सामेल भएका छन् ।


२९ साउन २०७८, शुक्रवार १३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु