punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली राजमार्ग अवरुद्ध

Chaupati
safha napa

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा सवारीसाधन आवतजावत बन्दा भएको हो।

आज बिहानै सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि वर्षाका कारण प्रभावित भएको छ। राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन्।

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए।

पहिरोका कारण यो राजमार्ग लगातार अवरुद्ध हुने गरेको छ।गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ भन्दा बढी पटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।


२६ साउन २०७८, मंगलवार ०९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु