एमाले उपाध्यक्ष रावलले दिए सांसद पदबाटै राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार अपरान्ह उपाध्यक्ष रावलले राजीनामा घोषणा गरेका हुन् । नेता रावल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल निकट सांसदल हुन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन् । माधव नेपाल समूहले देउवालाई नै विश्वासको मत दिने बताएसँगै रावलले राजीनामाको घोषणा गरेका हुन् ।

 


३ साउन २०७८, आइतवार १६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु