Hotel Flora Long Ad

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संसोधन अध्यादेश २०७८ खारेज गरेकी छन् । मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

संसद्ले बहुविवादित र आलोचित उक्त अध्यादेशलाई अनुमोदन नगरेको खण्डमा संवैधानिक नियुक्तिमा प्रश्न उठ्ने भएपछि खारेज गरेको देखिन्छ । संवैधानिक परिषद्‍द्वारा भएका नियुक्ति असंवैधानिक भएको जिकिरसहितको रिट सर्वोच्च अदालतमा विचाराध‍ीन छ ।

 


३ साउन २०७८, आइतवार १६:०६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु