कैलाली प्रहरीले ‘हाम्रो प्रहरीसँग हामी’ र ‘भविष्य बचाउ’ अभियान सुरु गर्दै

जिल्ला प्रहरी कार्यालय कैलालीले ‘हाम्रो प्रहरीसँग हामी’ र ‘भविष्य बचाउ’ अभियान सुरु गर्ने भएको छ।

भर्खरै कैलाली प्रहरी प्रमुखमा सुरुवा भएर प्रहरी उपरीक्षक विश्व अधिकारीले आइतबार पत्रकारसंग परिचयात्मक कार्यक्रम आयोजना गर्दै अभियानबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो प्रहरीसँग हामी’अभियान अन्तर्गत फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया गरेर प्रहरी सेवालाई प्रभावकारी बनाइने बताए ।

उनले कैलालीमा पछिल्लो समय लागू पदार्थको दुव्यसनीका घटना बढिरहेको भन्दै ‘भविष्य बचाउ’ अभियान समेत सुरु गर्न लागेको बताए । कैलाली प्रहरीले अब लागू पदार्थ सेवन गर्ने र कारोबार गर्नेहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने समेत उनले दाबी गरे ।

कैलालीलाई नमुना जिल्ला बनाउने दाबीसमेत उनले गरे। प्रहरी सेवा लिन आउनेहरूको अभिलेखीकरण गरिने र यसले प्रहरीप्रति जागरिकको सन्तुष्टि र असन्तुष्टि थाहा पाइने उनले बताए ।

प्रहरी कार्यालयमा बिचौलियाहरूको प्रवेश निषेध गर्ने समेत उनले बताए । त्यसका लागि उनले केही दिन भित्रै ‘बिचौलिया निषेध’ लेखिएको ब्यानर समेत प्रत्येक प्रहरी कार्यालयबाहिर टाँसिनेसमेत बताए ।


३ साउन २०७८, आइतवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु