कैलालीमा काँग्रेस क्रियाशील सदस्य सङ्ख्या १७ हजार नाघ्यो, कुन क्षेत्रमा कति ?
कैलालीमा काँग्रेस क्रियाशील सदस्यको सङ्ख्या १७ हजार नाग्यो–कुन क्षेत्रमा कति छन् क्रियाशील सदस्य ?
कैलाली – नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिँदै छ । महाधिवेशनका लागि कैलालीमा काँग्रेसले क्रियाशील सदस्यताको सङ्ख्या टुगो लगाएको छ ।
जिल्लाका ५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १७ हजार ७८ क्रियाशील सदस्य रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ । अझै एक सय जना सम्म सदस्य थप हुन सक्ने दाबी गरिएको छ ।
जिल्लामा ९ हजार ९ सय २५ जनाले नवीकरण गरेका छन् ।नवीकरण गर्नमा सबै भन्दा कम क्षेत्र नम्बर २ मा रहेका छन् भने सबै भन्दा बढी क्षेत्र नम्बर ५ मा रहेका छन् ।
कैलालीमा ८ हजार १५३ जना नयाँ क्रियाशील सदस्य भएका छन् । सबै भन्दा कम क्षेत्र नम्बर ३ मा रहेका छन् भने सबै भन्दा धेरै क्षेत्र नम्बर ५ मा रहेका छन् ।
नवीकरण भएका क्रियाशील सदस्य
क्षेत्र न १ – १ हजार ६२१
क्षेत्र न २ – १हजार ४३५
क्षेत्र न ३ – १हजार५९४
क्षेत्र न ४ – १हजार७३५
क्षेत्र न ५ – २हजार३६०
नयाँ क्रियाशील सदस्यताको सङ्ख्या
क्षेत्र न १ –१हजार २८४ (मध्य क्षेत्रले ईन्ट्री नगरेको सङ्ख्या ५७६)
क्षेत्र न २ – १ हजार ७०७
क्षेत्र न ३ – १ हजार२६८
क्षेत्र न ४– १हजार६७०
क्षेत्र न ५ –२हजार३२४
३ साउन २०७८, आइतवार १४:३० बजे प्रकाशित













