देउवा सरकारको पहिलो निर्णय : सबै नागरिकलाई कोभिडको खोप पुर्याउने
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो ।बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।
बैठकले कोरोना लगाएत बिभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि दिएको मन्त्री कार्कीले बताए ।उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।
३० असार २०७८, बुधवार ०९:४८ बजे प्रकाशित













